नेपालमा पछिल्लो समय जनसङ्ख्या वृद्धिदर निरन्तर घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै संसद्मा प्रजनन प्रोत्साहनसम्बन्धी कानुन संशोधनको बहस सुरु भएको छ।
सङ्घीय संसद्मा बोल्दै मन्त्री निशा मेहताले देशको पछिल्लो जनगणनाको तथ्याङ्कले जनसङ्ख्या वृद्धिदर निरन्तर ओरालो लागिरहेको देखाएकाले यसलाई रोक्न तत्काल कदम चाल्नुपर्ने बताएकी छन्। उनले जनसङ्ख्या बढाउनका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रमसहितको कानुनी व्यवस्था आवश्यक रहेको औंल्याइन्।
मन्त्री मेहताका अनुसार, दम्पतीहरूलाई सन्तान जन्माउन प्रोत्साहित गर्नका लागि बिदा सुविधा लगायतका विभिन्न प्रोत्साहन प्याकेजहरू समेटेर कानुन संशोधन गर्न आवश्यक छ। उनले घट्दो जनसङ्ख्या वृद्धिदरले दीर्घकालमा मुलुकको जनसाङ्ख्यिक सन्तुलन र विकासमा गम्भीर असर पार्न सक्ने भएकाले संसद्मा यससम्बन्धी कानुन निर्माण वा संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएकी छन्।

